हाम्रो बारे

हाम्रो बारेमा

गृहपृष्ठ हाम्रो बारे हाम्रो बारेमा
हाम्रो बारेमा

श्रीगणेश वचत तथा ऋण सहकारी संस्था संवत् २०५६ साल साउन २५ गते काठमाडौँ जिल्लाभर कार्यक्षेत्र रहने गरी स्थापना भएको हो । संस्थाको प्रारम्भिक वर्षहरु काठमाडौँ जिल्लाको कलंकीमा कार्यालय सञ्चालन गरी विशेषतः सोही आसपासमा सक्रिय रहेको थियो । विष्णुहरि विसुरालको अध्यक्षतामा स्थापना भएको यो सहकारी संवत् २०६२ तिर कलंकीबाट चावहिल र संवत् २०६४ मा चावहिलबाट सामाखुसी क्षेत्रमा कार्यालय स्थानान्तरण गरी भाडाको भवनबाट संस्था सञ्चालन गर्दै आएकोमा संवत् २०७५ बाट टोखा नगरपालिका वडा नं ९ गणेशचोकस्थित १२ आनामा बनेको घरजग्गा खरिद गरी सोपश्चात् सोही भवनबाट संस्था सञ्चालन हुँदै आएको छ ।

संवत् २०८२ असोज ३, संविधान दिवस तथा संस्थाको पच्चिसौँ वार्षिक साधारण सभाको शुभ अवसरमा संस्थाको वेबसाइड सञ्चालनमा आएको पहिलो दिनसम्म आइपुग्दा संस्थामा १६७२ सदस्य आवद्ध हुनु भएको छ । संस्थाको सेयर पुँजी रु ७,६८,८४,१००।०० ।०० र कारोवार एक अरब विस कराेड भन्दा माथि रहेको छ । संस्था बचत तथा ऋणको कारोबार गर्ने सहकारी भएपनि सामाजिक क्रियाकलापमा समेत संस्थाको योगदान निरन्तर बढ्दो छ । शिक्षा, स्थास्थ्य, वातावरण, जनचेतना र स्थानीय सरकारसँगको सहकार्य समेतमा संस्था अग्रसर छ । सेयर सदस्यको अधिकतम हित र सामुहिक भलाइलाई मूख्य कार्यक्रम बनाएर संस्था निरन्तर अगाडि बढिरहेको छ ।

श्रीगणेश बचत तथा ऋण सहकारी संस्था सम्बद्ध ऐन, नियम, विनियम, निर्देशिका, कार्यविधि, मापदण्ड जस्ता कानुनी प्रबन्धहरु, संस्थाका नीतिहरु, योजना तथा कार्यक्रमहरु, संस्थाले गरेका गतिविधिहरु, संस्थागत तथा वित्तिय विवरणहरु, संस्थाका पदाधिकारी तथा सेयर सदस्यहरुको विवरणहरु नै मूलतः वेबसाइडमा समावेश गरिनेछ । वेबसाइडले सदस्यहरुका लागि अधिकतम सूचना सहज रुपमा सम्प्रेषण गर्नेछ ।  
संस्थाको Real Time Status बुझ्न संस्थामै आइरहनुपर्ने र धाइरहनुपर्ने अवस्थाको अन्त गरी आधुनिक सूचना प्रविधिको उच्चतम् प्रयोग गर्ने संस्थागत नीति बमोजिम यो एक खुट्किलोको रुपमा वेबसाइड बनेको छ र प्रयोगमा आएको छ । यसमा प्रविष्ट हुने सामग्रीहरु संस्थासँग सम्बन्धित मात्र हुनेछन् र यसले संस्थालाई अझै पारदर्शी, जिम्मेवार र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।

संस्था सम्बद्ध कानुन, नीति, निर्णय, सूचना, संस्थाको विविध विवरण, प्रवाह गर्ने सेवाहरु, वार्षिक कार्यक्रम, निर्णयहरु, प्रतिवेदन, सामाजिक उत्तरदायित्व आदि व्यहोरा, तथ्य र तथ्याङ्क शब्दचित्रमा वेबसाइडमा प्रविष्ट गरिनेछ । सेयर सदस्यले यसको प्रयोगबाट अधिकतम लाभ लिन सकिनेछ । वेबसाइडको प्रयोग गर्दा कुनै दुविधा भएमा संस्थामा सम्पर्क गर्न समेत अनुरोध छ ।     
 

हामीसँग जोडिनुहोस्

सदस्य बन्न वा थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस्।

सम्पर्क गर्नुहोस्