श्रीगणेश सहकारीको संक्षिप्त परिचय
श्रीगणेश वचत तथा ऋण सहकारी संस्था संवत् २०५६ साल साउन २५ गते काठमाडौँ जिल्लाभर कार्यक्षेत्र रहने गरी स्थापना भएको हो । संस्थाको प्रारम्भिक वर्षहरु काठमाडौँ जिल्लाको कलंकीमा कार्यालय सञ्चालन गरी विशेषतः सोही आसपासमा सक्रिय रहेको थियो । विष्णुहरि विसुरालको अध्यक्षतामा स्थापना भएको यो सहकारी संवत् २०६२ तिर कलंकीबाट चावहिल र संवत् २०६४ मा चावहिलबाट सामाखुसी क्षेत्रमा कार्यालय स्थानान्तरण गरी भाडाको भवनबाट संस्था सञ्चालन गर्दै आएकोमा संवत् २०७५ बाट टोखा नगरपालिका वडा नं ९ गणेशचोकस्थित १२ आनामा बनेको घरजग्गा खरिद गरी सोपश्चात् सोही भवनबाट संस्था सञ्चालन हुँदै आएको छ ।
संवत् २०८२ असोज ३, संविधान दिवस तथा संस्थाको पच्चिसौँ वार्षिक साधारण सभाको शुभ अवसरमा संस्थाको वेबसाइड सञ्चालनमा आएको पहिलो दिनसम्म आइपुग्दा संस्थामा १६७२ सदस्य आवद्ध हुनु भएको छ । संस्थाको सेयर पुँजी रु ७,६८,८४,१००।०० र कारोवार एक अरब भन्दा माथि रहेको छ ।
- सहकारी विभागबाट स्वीकृत तथा नियमन प्राप्त
- पारदर्शी र सदस्यमैत्री सेवा प्रणाली
- २४ घण्टा डिजिटल बैंकिङ सुविधा
हाम्रो लक्ष्य
प्रत्येक सदस्यको आर्थिक जीवनस्तर उकास्ने भरपर्दो साझेदार बन्ने
हाम्रो दृष्टिकोण
नेपालकै अग्रणी सदस्यमैत्री नमुना सहकारी संस्थाको रूपमा स्थापित हुने
अध्यक्ष तथा व्यवस्थापकको सन्देश
२७ वर्षको सफल यात्रासँगै श्रीगणेश बचत तथा ऋण सहकारी संस्थाले २५औँ वार्षिक साधारण सभाको अवसरमा आफ्नै वेबसाइट सार्वजनिक गरेको छ। पारदर्शिता, सूचना पहुँच र सदस्य सेवामा यो महत्वपूर्ण कदम हो। सबै सदस्य तथा सरोकारवालालाई वेबसाइट नियमित भिजिट गर्न हार्दिक अनुरोध गर्दछौं।
श्याम प्रसाद पाण्डे
अध्यक्ष, सञ्चालक समिति२७ वर्षको सफल यात्रासँगै श्रीगणेश बचत तथा ऋण सहकारी संस्था २५औँ वार्षिक साधारण सभाको अवसरमा आफ्नै वेबसाइट सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ। संस्थाको सेवा, गतिविधि र उपलब्धिहरूलाई सदस्य तथा सम्पूर्ण सरोकारवालासमक्ष सहज र पारदर्शी रूपमा पुर्याउने उद्देश्यले यो वेबसाइट सञ्चालनमा ल्याइएको हो।
यस वेबसाइटमार्फत संस्थाको साधारण सभा, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति लगायतका निर्णय, नीति–नियम, कार्यक्रम, सेवा–सुविधा तथा वित्तीय विवरणहरू निरन्तर र अद्यावधिक रूपमा प्राप्त गर्न सकिनेछ। सूचना प्रविधिको यस युगमा डिजिटल माध्यमको प्रयोगमार्फत संस्थालाई अझ पारदर्शी, जिम्मेवार र विश्वसनीय बनाउने हाम्रो प्रयास हो।
सदस्यहरूसँगको सूचना तथा पहुँचलाई अझ सहज बनाउँदै संस्थाको वास्तविक अवस्था, प्रगति र आगामी योजनाबारे स्पष्ट जानकारी प्रदान गर्न यो वेबसाइट महत्वपूर्ण माध्यम बन्ने विश्वास लिएका छौँ। सबै शेयर सदस्य तथा सरोकारवालाहरूलाई नियमित रूपमा वेबसाइट भ्रमण गरी आवश्यक जानकारी लिनुका साथै यसलाई अझ उपयोगी र प्रभावकारी बनाउन आफ्ना अमूल्य सुझाव तथा सल्लाह प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।
सदस्यहरूलाई सहज, छिटो र सुरक्षित सेवा दिनु नै हाम्रो मुख्य उद्देश्य हो। डिजिटल प्रविधिको प्रयोग गरी हामीले सेवा प्रवाहलाई थप प्रभावकारी बनाएका छौं। हरेक सदस्यको आर्थिक सपना साकार पार्न हाम्रो टिम सदैव तत्पर छ।
श्रीकृष्ण आचार्य
व्यवस्थापकदैनिक व्यवस्थापनको जिम्मेवारी सम्हाल्ने व्यक्तिको हैसियतले, मेरो प्राथमिकता सधैं सेवा प्रवाहलाई सरल र भरपर्दो बनाउनु रहेको छ। हामीले विगत केही वर्षमा मोबाइल बैंकिङ, डिजिटल KYC र अनलाइन कर्जा आवेदन जस्ता सुविधाहरू ल्याएर सदस्यहरूको समय र यातायात खर्च उल्लेख्य रूपमा घटाएका छौं।
हाम्रो कर्मचारी टिम — शाखा प्रमुखदेखि ग्राहक सेवा सहायकसम्म — हरेकले सदस्यको समस्या आफ्नै ठानेर काम गर्छन्। यही समर्पणका कारण नै हामीले सदस्य सन्तुष्टिमा निरन्तर सुधार ल्याउन सकेका छौं। कर्मचारीहरूको नियमित तालिम र क्षमता विकासमा पनि हामी उत्तिकै लगानी गर्दछौं।
अबका दिनमा हामी कृत्रिम बुद्धिमत्तामा आधारित ग्राहक सेवा, थप सुरक्षित साइबर प्रणाली, र ग्रामीण क्षेत्रसम्म पुग्ने मोबाइल शाखा सेवा जस्ता नवीन योजनाहरूमा काम गर्दैछौं। सदस्यहरूको विश्वास र सहयोगका लागि हार्दिक धन्यवाद, र हामी सधैं तपाईंहरूको साथमा रहनेछौं।
व्यवस्थापन समूह
संस्थाका सदस्यहरूलाई गुणस्तरीय र स्फुर्त सेवा प्रदान गर्ने अनुभवी, सेवाभावी र संस्था प्रति समर्पित कर्मचारीहरूकाे टिम
श्रीकृष्ण आचार्य
व्यवस्थापकदिनेश रिजाल
स. व्यवस्थापकसञ्जिता कार्की
सहायकनविन ढकाल
कर्जा सहायकहाम्रो पूर्ण टिम र सम्पर्क विवरण हेर्न चाहनुहुन्छ?
सबै टिम सदस्य हेर्नुहोस्0+
सदस्य संख्या
0
कार्यालय
रु. 0 करोड+
कुल बचत रकम
रु. 0 करोड+
वितरित कर्जा
तपाईंको आवश्यकता अनुसारका वित्तीय सेवाहरू
सदस्यको जीवनस्तर सुधारका लागि हामी विविध खालका सेवा प्रदान गर्दछौं
बचत खाता
साधारण, नियमित, नारी समृद्धि, श्रीगणेश मासिक, आवधिक, बाल, श्रीगणेश विशेष आवधिक बचत लगाएतका बचत योजनाहरू रहेको
थप हेर्नुहोस्ऋण सेवा
व्यापारिक कर्जा, घर घडेरी कर्जा, हायरपर्चेज कर्जा, मुद्धति धितो कर्जा, विविध कर्जा, कृषि कर्जा, औद्योगिक कर्जा, सेयर जमानत कर्जा लगाएतका कर्जा सुविधाहरू रहेको
थप हेर्नुहोस्रेमिटेन्स
स्वदेश तथा विदेशबाट रेमिट मार्फत पठाएको रकम झिक्न सकिने र स्वदेशभित्र जुनसुकै स्थानमा रेमिट मार्फत पैसा पठाउन सकिने …..
थप हेर्नुहोस्मोबाइल बैंकिंग
श्रीगणेश मोबाइल बैकिङ्ग मार्फत संस्थाको बचत खातामा भएको कारोबारको बारेमा जानकारी बिल भुक्तानी, फण्ड ट्रान्फर, युटिलिटी पेमेन्ट लगाएतका सुविधाहरू रहेको
थप हेर्नुहोस्कार्यक्रम तथा सूचना
संस्थाका पछिल्ला गतिविधि, सूचना, कार्यक्रम तथा महत्वपूर्ण जानकारीहरू यहाँ प्राप्त गर्नुहोस्।
श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि. र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. बीच सेयर सदस्यहरूको जीवन बीमा गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
थप पढ्नुहोस्
श्रीगणेश बचत तथा ऋण सहकारी संस्था लि. र ग्राण्डी इटरनेशनल अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट सम्बन्धमा सम्झौता
थप पढ्नुहोस्
क्षतिको विवरण उपलब्ध गराइदिने बारे
मिति २०८३ भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी हुदै त्रिशुली नदीमा आएको भयानक बाढीका कारणबाट त्रिशुली नदी आसपासका बस्तीहरू प्रत्यक्ष एवं परोक्ष रूपमा प्रभावित भएको व्यहोरा यहाँहरू सम्पूर्णमा सर्वविदितै छ ।
थप पढ्नुहोस्
जुनसुकै बेला, जहाँसुकैबाट
बैंकिङ सेवा
हाम्रो मोबाइल एप प्रयोग गरी खाता ब्यालेन्स, स्टेटमेन्ट, फन्ड ट्रान्सफर र बिल भुक्तानी सजिलै गर्नुहोस्।
- २४/७ खाता स्टेटमेन्ट हेर्ने सुविधा
- तत्काल फन्ड ट्रान्सफर
- बिजुली, पानी, इन्टरनेट बिल भुक्तानी
- सुरक्षित बायोमेट्रिक लगइन










२५ औं बार्षिक साधारण सभाका केही झलकहरु