2026-09-15
क्षतिको विवरण उपलब्ध गराइदिने बारे
मिति २०८३ भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी हुदै त्रिशुली नदीमा आएको भयानक बाढीका कारणबाट त्रिशुली नदी आसपासका बस्तीहरू प्रत्यक्ष एवं परोक्ष रूपमा प्रभावित भएको व्यहोरा यहाँहरू सम्पूर्णमा सर्वविदितै छ ।
मिति २०८३ भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी हुदै त्रिशुली नदीमा आएको भयानक बाढीका कारणबाट त्रिशुली नदी आसपासका बस्तीहरू प्रत्यक्ष एवं परोक्ष रूपमा प्रभावित भएको व्यहोरा यहाँहरू सम्पूर्णमा सर्वविदितै छ । उक्त बाढीबाट यस संस्थाको सदस्यहरूमा ठूलो मात्रामा जनधनको क्षति भएको हुनसक्ने भएकोले संस्थाको सञ्चालक समितिको ३२३औँ बैठकको निर्णयानुसार बाढीबाट प्रभावित सदस्यहरूको मानवीय, आर्थिक तथा भौतिक क्षतिको विवरण सहितको लगत संकलन गर्न लागिएकोले सोको विवरण १५ दिनभित्र संस्थामा उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।